बिर्तामोड  : झापाको बिर्तामोड स्थित थापा मार्केटमा पी.के. टेर्ड एण्ड सप्लायर्स खुलेको छ ।  जुनसुकै कम्पनीका मोवाइल फोनको पाट पुर्जा सहित आवश्यकिय सामाग्री एकै छातामुनि उपलब्ध गराउने हिसाबले आज बिहिबारबाट एक्सल बैंक सामुन्ने पी.के. टे«र्ड एण्ड सप्लायर्स औपचारीक रुपमा सञ्चालनमा आएको हो । 

देशको चौंथो शाखाको रुपमा पि.के. ले बिर्तामोडमा होलसेल खोलेको हो । पी.के. ट्रेर्ड सप्लायर्सका प्रोपाइटर मोहन कार्कीले उक्त शाखाको उद्धघाटन गरेका छन् ।   युवा व्यवसायीद्धय दिपेश प्रसाई र ज्ञान गौतमले करीब ५० लाख खर्चिएर बिर्तामोडमा पी.के.को शाखा सञ्चालनमा ल्याएका हुन् । 

सञ्चालक प्रसाई बिर्तामोडमा रहेको बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाका सञ्चालक समिति सदस्य पनि हुन् ।  सबै मोडलका स्मार्टफोनका आवश्यकिय पाटपुर्जा सहित मर्मत सेवा उपलब्ध हुने सञ्चालक दिपेश प्रसाईको भनाई छ । साथै बिभिन्न मोडलका आइफोनका पाटपुर्जा पनि पाइने जनाइएको छ । 

ब्याट्री, चाजर, डाटाकेबल, ग्लास, ब्लुटुथ सहितको हेडफोन , मोवाइल कभर लगायतका  सामाग्री गुणस्तरीय तथा सस्तो मुल्यमा पाइने उनले बताए । साथै ग्राहकको रोजाइमा परेको ब्राण्ड भएकै कारण पनि झापामा पी.के.लाई भित्र¥याइएको उनको भनाई छ । 

यो शाखाले पूर्वाञ्चल क्षेत्र हेर्ने अर्का सञ्चालक ज्ञान गौतमले बताए ।  संक्षिप्त उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पी.के. का प्रपोइटर ले पी.के  ब्राण्डका पाटपुर्जा बढी टिकाउ हुने र सर्व शुलभ मुल्यमा उपलब्ध हुने भएका कारण ग्राहकको मन जितिरहेको बताए । साथै उनले अन्य जिल्लामा पनि शाखा विस्तार गर्ने लक्ष्य रहेको सुनाए ।