बिर्तामोड : झापाको बिर्तामोडमा थकाली चुलो रेस्टुरेन्ट एण्ड लज खुलेको छ ।  बिर्तामोड स्थित बिर्तामोड बाल अस्पताल सामुन्ने उक्त भोक मेटाउन र नयाँ तथा हाईजेनिक स्वाद लिनका लागि उपयुक्त गन्तव्यको रुपमा थकाली चुलो रेस्टुरेन्ट एण्ड लज खुलेको हो । रेस्टुरेन्टको आज बिहिबार एक कार्यक्रमकाबिच बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले उद्धघाटन गरेका छन् ।

उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय बिर्तामोडलाई लक्षित गरेर होटलहरु ख्ुल्ने क्रम बढ्दै गएको बताए । साथै उनले होटल व्यवसायको क्षेत्रमा लगानी बढ्नु सुखद भए पनि तिब्र प्रतिष्पर्धा बनेको होटल क्षेत्रमा शुद्ध र सरसफाई संगै स्वाद आवश्यक रहेको टिप्पणी समेत गरे । उनले होटलका स्टाफले ग्राहकलाई गर्ने व्यवहार तथा सरसफाईले पनि ग्राहकलाई तान्न मद्धत गर्ने बताउंदै उनले त्यस्ता कुरामा ध्यान दिन आग्रह गरे ।  

लामो समयदेखि रोजगारीको शिलशिलामा दुबै बस्ती आएका दम्पत्तीद्धय संगिता किरण राई र विवेक राईले करीब ६० लाखको लगानीमा रेस्टुरेन्ट खोलिएको जनाएका छन् । 

थाकाली खानामा स्पेशल मुस्ताङको दाल तथा फापरको भेराइटीजहरु ग्राहकलाई चखाउने सञ्चालक संगिता किरण राईले बताइन् । 

ग्राहकको आवश्यकता तथा आफ्नो व्यवसायीक कामको शिलशिलामा झापा आउजाउ हुंदा होटलको आवश्यकता महशुस गरेर बिर्तामोडमै रेस्टुरेन्ट खोलिएको उनले बताइन । 

राई  घर काठमाण्डौं र माइत इलाम भएको उनले बताइन । पहिलो पटक होटल क्षेत्रमा हात हालिएको उनले बताइन् ।  संक्षिप्त उद्धघाटन कार्यक्रममा वीरता जेसीजका पुर्व अध्यक्ष राजीब धिमाल, उपभोक्ता जागरण अभियानका सचिव विशाल थापा लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रमको सञ्चालन वाणिज्य संघका सचिव कुशल खतिवडाले गरेका थिए ।