झापा बिर्तामोड –१ निवासी कानुन र सामाजिक क्षेत्रमा क्रियाशील कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान बाट सम्मानित गरिएको छ ।
सुरुंगा जेसीजले यस वर्ष १४ औं पद हस्तान्तरण समारोहको अवसरमा अधिबक्ता तथा समाजसेवी बस्नेतलाई उत्कृष्ट नागरिक सम्मान गरेको हो ।
सम्मानित बस्नेतले अधिवक्ता तथा समुन्नत नेपालकी संस्थापक हुन् । उनी लामो समयदेखि न्याय पाउन नसकेका महिला तथा आर्थिक अवस्था कमजोर भएका अजारौं पीडितहरूलाई निशुल्क वकालत गरेर न्याय दिलाउंदै आएकी छन् ।
परिवार विहीन र समाज तथा परिवारबाट उपेक्षित महिलाहरूलाई बिर्तामोड स्थित समुन्नत नेपालमा आश्रय दिएर विभिन्न आयमूलक सीप सिकाएर आत्मनिर्भर बनाउंदै आएकी बस्नेतको कामको उच्च मुल्याङ्कन गर्दै बर्ष उत्कृष्ट नागरिकको रुपमा सम्मान गरीएको हो ।
पीडित महिला, किशोरीहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रदान गरि विभिन्न हस्तकलाका सामाग्रीहरू उत्पादन गराएर देश तथा विदेशमा सम्म बिक्री गर्दै आश्रित महिलाहरूलाई आर्थिक आत्मनिर्भर बनाउँदै आएकी बस्नेतलाई सुरुंगा जेसीजले उत्कृष्ट नागरिक छनोट गरि सम्मान गरेको छनोट समितिका संयोजक त्रिलोचन उप्रेतीले बताए ।
सामाजिक अभियन्ता बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, झापा ४ का प्रतिनिधिसभाका सांसद लालप्रसाद साँवा, सुरुंगा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने, पूर्व अध्यक्ष शिवकुमार कडेललगायतले सम्मापत्र, खादा , माला अपर्ण गरेर सम्मान गरेका थिए ।
उत्कृष्ट नागरिकको परिचय सुरुंगा जेसीजका पूर्व अध्यक्ष कुमारमणी पोखरेलले गराएका थिए । सम्मानित बस्नेत बिर्तामोडका युवा व्यवसायी , समाजसेवी तथा सामाजिक अभियान्ता बिनोद बस्नेतको श्रीमती हुन् ।