श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा न्यानो कपडा बितरण गरिएको छ ।  श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश न. १ जिल्ला कार्य समिति झापाको समन्वयमा तथा प्रारम्भिक समिति माइधाम सुरुङ्गाको आयोजनामा माघ १८ गते सुरुङ्गा बजारमा रक्तदान कार्यक्रम गरिएको हो । 

 रेडक्रस सोसाइटी सुरुङ्गा शाखाको प्राविधिक सहयोगमा  “ रक्तदान जीवन दान“ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा ७० भन्दा बढी रक्तदाताहरुले  रक्तदान गरेका थिए । 

2 rakta da n

सुरुङ्गा  प्रा.स. अध्यक्ष निलम सिटौलाको अध्यक्षतामा भएको  कार्यक्रममा  प्रमुख अतिथि युवा परिषदका केन्द्रीय उपाध्यक्ष टंक प्रसाद ओझा , बिशिस्ट अतिथि उद्योग बाणिज्य संघ सुरुङ्गाका संस्थापक अध्यक्ष तथा युवा परिषद झापा पुर्व अध्यक्ष समाजका संयोजक युवराज संग्रौला र रेडक्रस सोसाइटी

उपशाखा सुरुङ्गाका अध्यक्ष बालकृष्ण प्रसाईं, बिशेष  अतिथि युवा परिषद प्रदेश १ का अध्यक्ष अनिल ढुंगाना र जिल्ला कार्य समिति झापाका अध्यक्ष टहलदास ओली , बाइजुराज महिला समिति झापा अध्यक्ष मिरा अधिकारी ओली तथा जेसिस अध्यक्ष प्रबिन तिम्सिना लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष सुमन कार्कि ,सुरुङ्गा बजार ब्यबस्थापन अध्यक्ष मनोहर बिमली , कनकाई खेलकुद प्रतिष्ठान अध्यक्ष  छवि थपलिया,युवा परिषद प्रदेश १ का कोषाध्यक्ष दिपक शिवाकोटी, बाइजुराज केन्द्रीय सदस्य अस्मिता खनाल, युवा परिषद झापाका उपाध्यक्ष समर्पण खतिवडा , सचिव मोहन अधिकारी, कोषाध्यक्ष कुमार कार्की, सहकोषाध्यक्ष सुसन खतिवडा, बाइजुराज सचिव मेनुका सिटौला संग्रौला

लगायत प्रा.स.का अध्यक्षहरु क्रमस दिनोज बजगाई बिर्तामोड , मातृका खरेल दमक, खड्ग बिष्ट शनिश्चरे, घनश्याम सिटौला शरणामती, टिकाराम उप्रेती खुदुनाबारी , बिक्रम तिवारी पाटागाडा, कमल पौडेल बाहुणडाङी, कृष्ण  शिवाकोटी बत्तिसबिघाका सचिव लगायत स्थानीय सुन्दरसाथहरुको उपस्थिति रहेको थियो । 

 जिल्ला सदस्य दिनेश कुमार उप्रेतीले संचालन गरेको कार्यक्रममा सुरुङ्गा माइधामका प्रा.स. का निवर्तमान अध्यक्ष श्रीकृष्ण उप्रीतीले स्वागत गरेका थिए । 

रक्तदान कार्यक्रम सम्पन्न पश्चात  कन्काई नगरपालिका ४ स्थित सुरुङ्गामा रहेको  पुकार अपाङ्ग बालबालिका आश्रममा “फलफुल तथा न्यानो कपडा बितरण गरिएको थियो । नगद  ५ हजार ५०० सय आर्थिक सहयोग प्रदान गरि सामाजिक क्षेत्रमा सहयोग गर्दै भब्य तथा सभ्य रुपमा स्थापना दिवस सम्पन्न गरिएको युवा परिषद जिल्ला उपाध्यक्ष सुरज सापकोटाले जानकारी दिए । साथै माघ १७ ते स्थापना दिवसकै अवसरमा जिल्लाका बिभिन्न प्रा.स.मा सरसफाई तथा दिपप्रज्वलन समेत गरिएको थियो ।