बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको महोत्सवको तयारी तिब्र बनाइएको संघका बरिष्ठ उपाध्यक्ष तथा महोत्सवका संयोजक राजु न्यौपानेले जानकारी दिए । 

बिर्तामोड नगरपालिका – २ स्थित रामचौक नजिकै रहेको खाली जग्गामा हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघले आज  छलफल समेत गरेको छ । 

 छलफलमा महलिा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गर्न लागिएको कार्यक्रमलाई सफल बनाउने  दायित्व नेपाल उद्यमशील महिला संघको पनि रहेको संघकी जिल्ला अध्यक्ष पार्वता खरेल बिमलीले बताइन । 

त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौलाले महोत्सव सफल बनाउन महिलाहरु सहित सबैको दायित्व भएको भन्दै  सबै एकजुट हुनु पर्ने बताइन् । महोत्सवका संयोजक राजु न्यौपानेले आयोजना गर्न लागिएको महोत्सवका विषयमा प्रकाश पारेको कार्यक्रममा महिला मुक्ति अभियानकी अध्यक्ष राधा शुब्बा, नेपाल उद्यमशील महिला संघकी सचिव यशोदा प्रसाई, नेपाल उद्यमशील महिला ंसघकी सहसचिव चन्द्रा भट्टराई पोखरेल, सदस्यहरु

चन्द्रकला रिजाल भट्टराई , विना थापा घिमिरे, कविता पौडेल, उमा भट्टराई प्रसाई, विमला भट्टराई, माया प्रधान, अञ्जु लामिछाने लगायतले महोत्सव सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिवद्धता जनाएका थिए ।  कार्यक्रमको सञ्चालन महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए ।