पुर्वी सीमा नाका काँकडभिट्टामा स्थापना भएको होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पूरा गरेको अवसरमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
होटल व्यवस्थापनले आज शनिबार होटल परिसरमा पत्रकार सम्मलेन गरी माघ २६ देखि २८ सम्म विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको हो ।
होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले तीन दिनसम्म होटलको वार्षिकोत्सव मनाइने बताए । २०७६ साल माघ २६ गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेजको उद्घाटन गरेका थिए ।
तेस्रो वर्ष पूरा भएको उपलक्ष्यमा माघ २६ गते साँझ गायक यम बरालको एकल प्रस्तुति राखिएको छ । माघ २७ गते गायक नाम्गेल तामाङ र कृपा पौडेलको सांगीतिक प्रस्तुति छ भने माघ २८ गते गजलकार प्रदीप रोदनको एकल गजल बाचन कार्यक्रम रहेको छ ।
होटल स्थापनाको दिन नेपाल भित्रिने पर्यटकलाई सीमा नाकामा पुगेर हार्दिकतापूर्वक स्वागत गर्ने कार्यक्रम राखिएको होटलका प्रवन्धक गौरव श्रेष्ठले बताए । कार्यक्रममा जातिय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि समावेश गरिएको छ ।
साहित्य, संगीत र कलाको संगम साहित्य चौतारीका कलाकर्मीले पनि आफ्नो प्रस्तुति राख्ने मासिक सांगीतिक काव्यसभाकी संयोजन सुनिता तामाङले बताइन् ।
सीमावर्ती काँकडभिट्टा नाकाबाट पैदलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकको सुविधालाई ध्यानमा राखेर स्थापना भएको होटल हिकोला हेरिटेजले आगन्तुक, अतिथि पाहुनाबाट पाइरहेको माया, सद्भाव र हौसलाप्रति आभार पनि व्यक्त गरेको छ ।