झापाका औषधि व्यवसायीहरुलाई कर सम्वन्धि प्रशिक्षण प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्राविधिक सहयोगमा जिल्लामा रहेका औषधि व्यवसायीहरुलाई कर तथा लेखा सम्वन्धि एक दिने प्रशिक्षण आज सोमबार प्रदान गरिएको हो ।
नेपाल औषधि व्यवसायी संघ झापाले आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत शुभ रिजालले तालिमको उद्घाटन गरेका थिए । आन्तरिक राजश्व कार्यालयका कर अधिकृतद्वय भीम आचार्य र छत्र लिम्बू र सीए एञ्जिला मैनालीले तालिमको सहजीकारण गरेका थिए ।
औषधि व्यवसायी संघका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष प्रदीप खरेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव जीवन खड्काले गरेका थिए ।