बिर्तामोडमा विगत ७ बर्षदेखि सञ्चालनमा आइरहेको तेजस्वी कम्युटर सपोर्टले नयां संरचना सहित बिर्तामोड स्थित भद्रपुररोडबाट व्यवसायीक यात्रा सुरु गरेको छ । 

तेजस्वीले आज बुधबारबाट माछापुच्छरे बैंक भएको भवनको भुंइ तलाबाट आफ्नो व्यवसाय शुभारम्भ गरेको हो ।  नयां संरचनासहितको सपोर्ट सेन्टरको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले एक संक्षिप्त कार्यक्रमकाबिच उद्घघाटन गरेका छन् ।

यसअघि कांकरभिट्टा रोडमा प्रभु बैकको माथिल्लो तलामा सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टले त्यहां असुविधा र सांघुरो भएका कारण स्थान परिर्वतन गरिएको जनाएको छ ।  

 नया संरचना र सुविधासहित फराकिलो भवनबाट व्यवसायिक कारोवार सुरु गरिएको तेजस्वीका प्रोपाइटर कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।  

तेजस्वी कम्प्युटर सपोर्ट सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रुपमा रहिआएको पनि उनले बताए । 

नयां संरचना सहित बिभिन्न सजावटका र दैनिक घरायसी प्रयोजनका सामान एकै ठाउंमा उपलब्ध गराउने हिसाबले करिव दुई करोड रुपैयाँको लगानीमा नया ढंगले व्यवसाय सुरु गरिएको सञ्चालक घिमिरेले बताए ।   होम एप्लाइन्सेसहरु सान्सुई, पानासोनिक र केन् आरओको पनि तेजस्वी कम्प्युटर सपोर्ट आधिकारिक विक्रेता हो ।

 सूचना र प्रविधिको समयमा आवश्यकीय गुणस्तरीय समाग्री तेजस्वीमा उपलब्ध हुने जनाइएको छ ।  सपोर्टले आइटी सम्बन्धी सम्पूर्ण सामाग्री विक्री वितरण  तथा मर्मत सेवा प्रदान गर्दै आएको छ ।  

सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजनको नेपालका लागि आधिकारिक वितरक म्याक्सीमा मल्टिनेशनल ट्रेडिङका सञ्चालक अध्यक्ष प्रमुख कार्यकारी अधिकृत मनिकुमार तामाङ, कम्पनीका निर्देशक प्रमोदकुमार अधिकारी र सञ्चालक कमल तामाङ लगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै हिक भिजन चाइनाका च्यानल सेल्स म्यानेजर मोहम्मद चुन्ना, टेक्निकल ईन्जिनियर सुप्रीम कोइराला, मार्केटिङ म्यानेजर अमर पुडासैनी लगायतको पनि उपस्थिति रहेको थियो ।  तेजस्वी कम्प्युटर सपोर्टको व्यवसायिक साझेदारको रुपमा प्रथम आइटी सिस्टम पनि रहेको छ ।