अध्ययनका लागि बिदेश जाने बिद्यार्थीलाई लक्षित गरेर बिर्तामोडमा ब्रीज इन्टरनेशनलको शाखा सञ्चालनमा आएको छ । झापाको बिर्तामोड ४ स्थित भद्रपुररोडमा रहेको पशुपती कमप्लेक्स भएको भवनमा ब्रीज इन्टरनेशनले शाखा खोलेको हो ।
उचित शैक्षिक परामर्श र अंग्रेजी तयारी कक्षा दिने उदेश्यले बिर्तामोडमा शाखा स्थापना गरिएको आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
काठमाडौंमा मुख्य कार्यालय रहेको ब्रीज इन्टरनेशन बिर्तामोड शाखाको फागुन ५ गते एक कार्यक्रमकाबिच उद्धघाटन गरिने ब्रिजका एक्जुकेटिभ चेयरमेन भूवन गिरीले जानकारी दिए ।
उनका अनुसार उद्धघाटन कार्यक्रममा चर्चीत मोडल तथा टिकटकर स्मारिका तथा समारिका ढकाललाई आमन्त्रण गरिएको छ ।
ब्रीजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श संगै भाषा सिकाउने बिर्तामोड शाखा प्रमुख जितेन्द्र गिरीले जानकारी दिए ।
बिगत ७ बर्षदेखि सञ्चालनमा आएको ब्रिज इन्टरनेशनलले तेस्रो शाखाको रुपमा बिर्तामोडमा सेवा बिस्तार गरेको उनको भनाई छ ।
ब्रिजका रुपेश थापाका अनुसार दोस्रो शाखा काठमाडौको महाराजगञ्जमा छ भने अन्य जिल्लामा पनि सेवा बिस्तार गर्ने तयारी भइरहेको छ ।
शाखा उद्घाटनको अवसरमा युके र अस्ट्रेलियाका विश्व बिद्यालयबाट आउने प्रतिनिधिहरुको साथमा सेमिनार, बिद्यार्थीहरुलाई अंगे्रजी तयारी कक्षामा १ सय प्रतिशत छात्रबृत्ति, शैक्षिक परामर्श सेवा र प्रोसेसिङ्ग शुल्कमा १ सय प्रतिशत छुटको ब्यवस्था समेत गरिएको जनाइएको छ ।
बिद्यार्थीको रुचि तथा क्षमता अनुसारको शैक्षिक परामर्शसँगै उनीहरुको नेतृत्व विकास गरी बिदेश पठाइने ब्रिजले जनाएको छ ।
कार्यक्रममा ब्रिजका प्रज्वल गिरी, सुशिल भण्डारीलगायतको उपस्थिति रहेको थियो ।