बिर्तामोड : झापाको बिर्तामोड नगरपालिकाले प्रतिनिधिसभाका सभामुख र उपसभामुख लाई सम्मान गरेको छ ।  नगरले आज बिहिबार एक कार्यक्रमकाबिच सभामुख देवराज घिमिरे र उप–सभामुख इन्दिरा राना मगर लाई सम्मान गरेको हो । 

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले उनीहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्रसहित सम्मान गरेका हुन् ।

सभामुख घिमिरे नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका विजयी सांसद हुन् भने उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा २ बाटै समानुपातिकतर्फबाट   निर्वाचित सांसद हुन् ।