बिर्तामोड : ब्रीज इन्टरनेशनल प्रालिको झापाको बिर्तामोडमा शाखा सञ्चालनमा आएको छ । आज शुक्रबार एक कार्यक्रमको बीच बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले ब्रीज इन्टरनेशनलको शाखा उद्घाटन गरिन ।
विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्शसहित विभिन्न कक्षा तथा अध्ययनका लागि जाने देश तथा विद्यालयको विषयमा जानकारी गराउन शाखा सञ्चालनमा ल्याइएको इन्टरनेशनलका एक्जुकेटिभ चेयरमेन भुवन गिरीले बताए ।
कन्सल्टेन्सीले विद्यार्थीको नेतृत्व विकास गरी विदेश पठाउने, भाषा सिकाउने, अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार सञ्चालन गर्ने साथै विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गर्नेलगायतका कार्य गर्ने जनाइएको छ ।
ब्रीजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने ब्रीजका एक्युजेटीभ चेयरमेन गिरीको भनाई छ ।
उद्घाटन कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल दशनामी समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोबिन्दबिक्रम गिरी, फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाका अध्यक्ष चन्द्रप्रसाद गिरी, मोडल स्मारिका तथा समारिका ढकाल, नेपाल दशनामी समाज प्रदेश नं १ उपाध्यक्ष शारदा गिरीलगायतको उपस्थिति रहेको थियो ।
विगत ७ बर्षदेखि सञ्चालनमा आएको ब्रिज इन्टरनेशनलले तेस्रो शाखाको रुपमा बिर्तामोडमा सेवा बिस्तार गरेको हो । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका प्रमुख जितेन्द्र गिरीले गरेका थिए । कन्सल्टेन्सी उद्घाटनकै अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बिर्तामोड नगर अस्पताललाई स्मार्ट टेलिभिजन प्रदान गरेको छ ।