बिर्तामोड : झापाको बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई सम्मान गरेको छ ।

संस्थाको सभाहलमा आज शुक्रबार आयोजित एक कार्यक्रमकाबिच सभामुख घिमिरेलाई बधाई तथा सम्मान गरेको हो । 

झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित पश्चात सभामुख भएका घिमिरे संस्थाको शेयर सदस्य समेत रहेका कारण उनलाई बधाई तथा शुभकामना दिइएको संस्थाको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । 

संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला सहितले अन्य पदाधिकारीहरुले सभामुख घिमिरेलाई सम्मान–पत्र खादा–माला पहि¥याएर मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन् । 

त्यस्तै कार्यक्रममा समग्र सहकारी अभियानको तर्फबाट सहकारी क्षेत्रमा देखिएका समस्या–अप्ठ्याराका विषय उल्लेख भएको ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई बुझाइएको थियो । 

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले समग्र सहकारी अभियानको तर्फबाट ज्ञापन बुझाएका हुन् । बुझाइएको   तीन बुँदे ध्यानाकर्षण–पत्रमा– ‘केही समयदेखि राज्यको उपस्थितिलाई नकार्ने गरी सहकारी संस्थाहरुप्रति अभियानको नाममा धावा बोलिँदै गइरहेको भन्दै त्यस्ता गतिविधिहरुलाई रोक्न माग गरिएको छ । 

 सहकारी संस्थाहरुले सदस्यहरुको निक्षेप तथा बचत रु २५ लाखसम्म मात्र लिन पाउने व्यवस्था सहकारी ऐन, २०७४ को दफा ५२ मार्फत संसोधन गर्न लागिएको हुँदा सो सच्याइयोस् र सहकारी संस्थाहरुको नियमन राष्ट्र बैंकले गर्नुको सट्टा सेकेन्ड टायर इन्टिच्युट मार्फत नियमन गर्नुपर्ने व्यवस्था मिलाइयोस भन्ने उल्लेख छ ।

संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष डम्बर देउजाले सञ्चालन गरेका थिए ।