उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले देशको विकास र सम्बृद्धिकालागि शिक्षा क्षेत्रमा पहिलो सुधार आवश्यक रहेको बताएका छन् ।
गृह जिल्ला झापाको बिर्तामोडमा ४ रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयको १५ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै देशको शिक्षा प्रणालीमा नीजि क्षेत्रको शिक्षाले ठुलो सघाउ पु¥याएको बताएका हुन् ।
उनले नीजि शैक्षिक क्षेत्रमा पनि विकृति रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिहरु सच्याउन आवश्यक रहेको उल्लेख गरे ।
सरकारले सामुदायिक विद्यालय सहित समग्र शिक्षा क्षेत्रमा पहिलो सुधार गरेर मात्र अन्य विकास निमार्ण सहितका क्षेत्रमा काम गरिनु पर्ने धारणा राखे ।
साथै सोहि कार्यक्रममा विद्यालयले मन्त्री लिङ्देनलाई बधाई सहित सम्मान गरेको छ । झापा क्षेत्र नम्बर ३ बाट दोस्रो पटककालागि प्रतिनिधिसभामा निर्वाचित भएको तथा हालै मात्र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पदमा आसिन भएको भन्दै सफल कार्यकालको शुभकामना सहित सम्मानपत्र, दोसल्ला तथा ढाका टोपी पहि¥याएर सम्मान गरिएको थियो ।
मन्त्री लिङ्देनलाई विद्यालयका संस्थापक प्रार्चाय गुरुभक्त न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकुमारी न्यौपानेले सम्मान गरेका हुन् ।
मन्त्री लिङ्ेदन विद्यालयका अभिभावक पनि हुन् । मन्त्री लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचाय गुरुभक्त न्यौपानेले विद्यालयको प्रगती सहित कार्यक्रमको औचित्माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा विल्द्यार्थीले बिभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।