बिर्तामोड : रगत अभावका कारण अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने हेतुले बिर्तामोड ४ मा रहेको बिराट –अर्जुन उपभोक्ता सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । 

संस्थाले आज सोमबार मुक्तिचोक बिर्तामोड स्थित दुर्गा मन्दिर परिसरमा सामाजिक उत्तरदायित्व अन्तरर्गत रक्तदान कार्यक्रमको आयोजना  गरेको संस्थाका अध्यक्ष नबिन खरेलले जानकारी दिए । 

संस्थाले लगातार ४ बर्षदेखि सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । 

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि , संस्थाको सञ्चालक , कर्मचारी सहित १ सय २ रक्तदाताले रक्तदान गरेको जनाइएको छ । जसमा ओम कुमार भुजेलले ६१ , पशुपति रीजाल ५१ र नबिन खरेलले ३९ पटक ,महिला तर्फ उषा खरेलले १५ औं पटक रक्तदान गरेका रत्तदाताहरुले रगत दिएका थिए ।  

बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा प्रसाई सहित बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको सभापति मनोज अग्रवाल लगायतले शुभकामना मनतब्य राखेका थिए । 

संस्थाको सञ्चालक समिति सदस्य तथा कार्यक्रमका संयोजक सुमनशर्मा जमरकट्टेलले स्वागत सहित औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्ली प्रसाईले गरेका थिए । 

संस्थाले   आर्थिक बर्ष ०७७÷७८ मा १६५ पिन्ट सहित जिल्लामा प्रथम र ०७८÷७९ मा ९३ पिन्ट सहित तेश्रो  भएको थियो ।  सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले संस्थालाई सम्मानपत्र सहित सम्मान गरेको पनि जनाइएको छ ।