माई नगरपालिका : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले  माई नगरपालिका वडा नं. २ मा एक दिने स्वास्थ्य शिविर गरेको छ । 

संस्थाले नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोग र समाजसेवी सुर्य प्रसाद रिमालको सहकार्यमा माई २ स्थित गरुवा बहुमुखी क्याम्पसको प्राङ्गणमा आज बुधबार एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।  

बिपन्न तथा ग्रामीण भेगका सदस्यलाई स्वास्थ्यमा पहुंच पु¥याउने हेतुले संस्थाले आयोजना गरेको 

शिविरमा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, न्युरो, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परिक्षण, दन्त, भिडियो एक्स–रे, ई.सी.जी., तथा ल्याब सम्बन्धी ६९२ जना ले सेवा लिनुका साथै परिक्षण सहित आवश्यक औषधि निशुल्क प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । 

त्यस्तै कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले संस्थाले हाल सम्म औषधी उपचार खर्चको आधारमा ५ सय ७१ जना शेयरसदस्यलाई रु. ७१ लाख भन्दा बढी राहत रकम उपलब्ध गराई सकेको जानकारी दिए । 

साथै उनले आगामी दिनहरुमा समेत संस्थाले यस्ता किसिमका सामाजिक कार्यलाई निरन्तरता दिँदै सदस्यलाई प्रत्यक्ष रुपले फाइदा तथा लाभ हुने सेवा प्रदान गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए । 

माई नगरपालिका २ का वडाध्यक्ष उर्दबहादुर राईको प्रमुख आतिथ्यमा भएको शिविरमा नोबेल हस्पिटलका मार्केटिङ्ग अफिसर भगत शाह सहित अन्य विषयगत डाक्टरहरुको उपस्थिति रहेको थियो । 

संस्थाका कार्यकारी प्रमुख बस्नेतले  स्वास्थ्य शिविरमा सहयोग गर्नेहरु प्रति आभार सहित धन्यवाद समेत प्रकट गरेका थिए । 

कार्यक्रमको सञ्चालन संस्थाका विभागिय प्रमुख प्रेम बस्नेतले गरेका थिए । साथै सोहि कार्यक्रममा  क्यान्सर रोगको उपचार गराउंदै आएका  दानाबारी सेवा केन्द्र अन्तर्गतका शेयरसदस्य तिलक अधिकारीलाई राहत स्वरुप रु. ४५ हजार समेत सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।