नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले एमालेले राष्ट्रपतिमा मनोनयन दर्ता गराउने बताएका हुन् ।
उनले सत्ता गठबन्धनमा पुष १० गते भएको सहमति अनुरुप एमालेले उम्मेदवारी दिने बताउँदै अरु घटनाक्रममा बिषयमा आफुलाई केहि जानकारी नभएको प्रतिक्रिया दिए ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।