काठमाडौं  :  राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावक तथा समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रस्तावक तथा समर्थक नबस्ने निर्णय गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार प्रस्तावक तथा समर्थक नबन्ने निर्णय भए पनि निर्वाचनमा सहभागी हुनेरनहुने बारेमा भने निर्णय भएको छैन । यसबारेमा निर्णय गर्न फागुन २३ गते पुनः बैठक बस्ने उनको भनाइ छ ।  kantipurtv.com