झापाको मेचीनगर ८ मा रहेको सेनेटरी ल्याण्ड फिल्ड योजना स्थगन भएको छ । स्थानीयको बिरोधका कारण योजना स्थगन भएसंगै ५० लाख अलपत्रको अवस्थामा परेको छ ।
बायोग्याँस प्लाण्ट, फोहोर प्रसोधन केन्द्र, कम्पोष्ट मल उत्पादन तथा फोहोर ब्यवस्थापन लगायतका उदेश्य सहित १६ बिघाहा जग्गा क्षेत्रफलमा निमार्ण गर्ने गरी योजनाका लागि ठेकेदार कम्पनीसँग संझौता बमोजिम ५० लाख दिइएको बताइएको छ ।
याण्ड फिल्ड योजना सम्पन्न गर्नका लागि २०७७ सालमा पर्खाल, शौचालय, सडक र कार्यालयका लागि शान्ति उदेश्य जेवी कम्पनीसँग सम्ंझौता अनुसार कम्पनीलाई नगरपालिले २०७७ साल असारमा ५० लाख भुक्तानी गरिएको थियो ।
संघीय बजेट अन्तरगत निमार्ण हुन लागेको यो योजना मेचीनगर नगरपालिका मार्फत भुक्तानी गरिएको हो । ३ करोडको लागतमा सकिने गरी ठेक्का संझौता भएको योजना स्थानीयको बिरोधका कारण स्थगन भएको कम्पनीको भनाई छ ।