झापा मेचीनगरको ऐतिहासिक धार्मिक महत्व बोकेको पाताल गंगा मन्दिर यतिबेला संरक्षणको पर्खाईमा रहेको छ । यसको विकास र संरक्षणका लागि कतैबाट पनि पहल हुन सकेको छैन ।
मेचीनगर नगरपालिका वडा नं. ८ स्थित ऐतिहासिक धार्मीक महत्व बोकेको पाताल गंगा मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । भौगोलिक हिसाबले मेचीनगरको उच्च भागमा रहेको पाताल गंगामा निरन्तरको पानी धाराको बहावले यसको नाम धार्मीक रुपमा पाताल गंगा बन्न पुगेको किमदन्ती रहेको छ ।
हिन्दू धर्मालम्वीहरुको आस्थाको रुपमा रहेको पाताल गंगाको धाराबाट आउने पानीलाई गंगाजलको रुपमा लिइने गरिन्छ । तर, यसको संरक्षण र विकासका लागि कतैबाट पनि पहल हुन सकेको छैन ।
पाताल गंगाको विकास र संरक्षणका लागि स्थानीय सरकार र स्थानीयको अग्रसरतामा गुरु योजना बनाएर यसलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावना रहेको छ । यसको संरक्षणका लागि सबैले चासो र अग्रसरता देखाउनुपर्ने स्थानीय जनप्रतिनिधि बताउँछन् ।
पाताल गंगाको ऐतिहासिक र धार्मीक महत्वलाई मनन गरेर यसको अध्ययन, विकास र संरक्षणमा तीनै तहको सरकारले चासो र अग्रसरता देखाउन जरुरी देखिन्छ ।।