बिर्तामोड  : झापाको अर्जुनधारा–६ स्थित लक्ष्मीपुरमा रहेको हिमाली एजुकेशन फाउण्डेशनले आफ्नो १६ औं वार्षिकोत्सव विविध कर्यक्रम गर्दै मनाएको छ । 

अर्जुनधारा नगरक्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा चिनिएको फाउण्डेशनले आज सोमबार विद्यालयको प्राङ्गणमा विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो । 

एक कार्यक्रमकाबिच अर्जुनधारा नगरका नगरप्रमुख बलदेव सिंह गोम्देनलले पानसमा बत्ति बालेर वार्षिकोत्सवको उद्घाटन गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोम्देनले समारोहलाई सम्बोधन गर्दै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सामेल गराउन अभिभावकले जोड दिनुपर्ने बताए । 

किताबी ज्ञानसँगै विद्यार्थीमा निहित क्षमतालाई उजागर गर्नु पर्ने भन्दै प्रमुख अतिथि गोम्देनले  शैक्षिक गुणस्तर सुधार संगै विद्यार्थीमा नीहित क्षमताको उजागर गर्न अतिरिक्र क्रियाकलापमा सामेल गराउनु पर्ने धारणा राखेका थिए ।   

विद्यायलका संस्थापक अध्यक्ष खड्ग गिरीको अध्यक्षता  तथा  स्वागत फाउण्डेशनकी प्रिन्सिपल शान्ता गिरीले गरेको कार्यक्रममा  अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौला ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामप्रसाद तिम्सना लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा फाउण्डेशनका उत्कृष्ट शिक्षक बालकुमारी आचार्यलाई नगदसहित सम्मान गरिएको थियो भने विद्यालयका कक्षागत उत्कृष्ट विद्यालयलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिभिन्न कक्षागत विद्यार्थीहरुले स्वागत गान, राष्ट्रियता झल्कने नृत्य, गीत, कविता, स्पीच लगायतका आ–आफ्ना प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव बरालले गरेका थिए ।  कक्षा–८ सम्म पठनपाठन हुने विद्यालयमा झण्डै ४५० विद्यार्थी अध्ययनरत् छन । त्यस्तै, ३२ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।