लागूऔषध ब्राउनसुगरसहित झापाको बिर्तामोडबाट दुई युवक पक्राउ परेका छन् । आज बुधवार साँझ बिर्तामोड स्थित पश्चिम बस स्टेण्डबाट उनीहरुलाई समातेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–७ घर भएका ३५ वर्षीय महमद नसिम र सिराहा सखुवानकर्कटी गाउँपालिका–२ बस्ने २० वर्षीय शिवशंकर यादव रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शंका लागेर खानतलासी गर्दा उनीहरुका साथबाट १२ ग्राम ब्राउन सुगर भेटिएको झापा प्रहरीका प्रवक्ता पक्राउ डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।