सुरुङ्गा : झापाको कन्काई नगरपालिका सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको सातौ संस्करण आज बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले पानसमा बत्ती बालेर उद्धघाटन गरेका छन् ।
नारी दिवसको अवसर पारेर सुरु गरिएको प्रतियोगिता फागुन १७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । कनकाई नगरको आर्थिक सहयोग तथा कनकाई नगर खेलकूद विकास समितिको सह–आयोजनामा सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने जनाइएको छ ।
कनकाई खेलकूद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा स्वागत प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले गरेकी थिइन ।
नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी तथा नगर प्रमुख पोखरेलले शुभकामना मन्तव्य राखेका उद्घाटन कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।
यसैबिच आज आयोजक कनकाई नगर र शिवसताक्षी नगरबिच खेल भएको थियो । खेलमा आयोजक कनकाई महिला फुटबल क्लब बिजयी भएको छ । आयोजक टिमका तर्फबाट लक्ष्मी श्रेष्ठले ४ गोल र मनिता तम्रुककले १ गरेकी थिइन भने शिवसताक्षी महिला फुटबल क्लबले शान्तवना स्वरुप १ गोल फर्काएको थियो ।