लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रीमले एक सामुदायिक विद्यालयको शौचालय  निमार्ण संगै मर्मत तथा विद्यालयको कक्षा कोठा,कम्पाउण्डवाल रङरोगन गरिदिएको छ । 

गोल्डेन ड्रीमले अर्जुनधारा ६ स्थित श्री बालकल्याण प्राथमिक विद्यालयको पुरानो शौचालय मर्मत सहित नयां शौचालय निमार्ण गरेर हस्तानतरण गरेकोे हो । 

आज शुक्रबार एक संक्षिप्त कार्यक्रमकाबिच प्रमुख अतिथि लायन्स क्लब ३२५ सी डिष्ट्रिक गर्भनर धिरज गुरुङ र उनको फस्ट लेडी रेखा गुरुङले शौचालय सहित निमार्ण गरिएको हात धुने बेसन उद्धघाटन पश्चात विद्यालयलाई हस्तानतरण गरेका हुन् । 

सामाजिक उत्तर दायित्व अन्तरर्गत विपन्न विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयमा शौचालयको अभाव भएपछि संस्थाले निमार्ण गरिदिएको गोल्डेन ड्रिम्की अध्यक्ष गंगा श्रेष्ठले जानकारी दिइन । 

334880361_878605786751030_2895034993950017677_n (1)

करिब २ लाख ५० हजार रुपैयाँ बराबरको खर्चमा रंगरोगन तथा मर्मतसम्भार सहित एउटा छात्रा शौचालय निर्माण गरेर १५ दिनमा विद्यालयलाई हस्तान्तरण गरेको उनले बताइन् ।  

लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिमको बरिष्ठ उपाध्यक्ष दिपा ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिनिता लामाले गरेकी थिइन् । लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ ए वान को रिजन चियर पर्सन शैलेन्द्र कुरुङवाङले औचित्माथि प्रकाश पारेको कार्यक्रममा अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बांस्तोला, लायन्सको एरिया चिफ सत्यनारायण शर्मा लगायतले शुभकामना मनतब्य राखेका थिए । 

334742992_906037453881617_8806483667980300274_n

साथै संस्थाको सदस्यहरु सानी घिमिरे, जमुना अर्याल र हेलीन कडरियाको आज पर्न गएको जन्मोत्सवको अवसरमा बिद्यालयका एकसय ५० बढी बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।