कनकाई :  झापाको कनकाईमा जारी जिल्लास्तरीय महिला फुटबलको तेस्रो दिनको खेलमा सालबारी महिला फुटबल क्लबलाई पराजित गर्दै दमक महिला फुटबल क्लवले जीत हासिल गरेको छ ।

प्रतियोगिताको तेस्रो दिन आज सुक्रबार पारिजात महिला फुटबल क्लव सालबारी र दमक महिला फुबल क्लव विच भएको प्रतिस्पर्धामा दमक ३—० गोलको अन्तरले विजयी बनेको हो । विजेता बनेको दमककालागी क्रमशः खेलको २७ औं मिनटमा अम्बिका लिम्बुले, २९औं मिनटमा विष्णु लिम्बुले र ३६ औं मिनटमा सन्जु तामाङले गोल गरेको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए ।

खेलको प्लेयर अफ द म्याच विजयी टिमकी सन्जु तामाङ घोषित भइन । भोलि शनिबारको खेल भद्रपुर महिला फुटबल क्लव र एकता महिला फुटबल क्लव चारपाने विच हुने आयोजक समितिकी सचिव मान्ता खरेलले जानकारी दिए । 

सातौं संस्करणका रूपमा कनकाई खेलकुद प्रतिष्ठान९कासा०ले आयोजना गरेको प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन भएको हो ।

कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले बताएकी छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार, शिल्ड, ट्रफी र प्रमाण पत्र रहेको उपाध्यक्ष खरेलले बताइन । त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोल किपर , सर्वाधिक गोल कर्ता र मेनअफ द सिरिजले जनही ३ हजार प्राप्त गर्ने सहिव खरेलले जानकारी दिए ।