बिर्तामोड। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड सेवा केन्द्रअन्तर्गत रहेका लघुवित सदस्य हरुलाई एकदिने सहकारी शिक्षा प्रदान गरिएको छ । आज शनिबार अर्जुनधारा नगरपालिका ९ मा सदस्हरुलाई सहकारी शिक्षा दिइएको हो ।
बिर्तामोड सेवाकेन्द्र सहयोग समितिका संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहारा नेपाल क्षेत्रिय समिति संयोजक धर्मेन्द्र भट्टराईले औचित्यबारे प्रकाश पारेका थिए ।
करिब ८० जना शेयर सदस्यहरु सहभागी उक्त कार्यक्रममा संस्थाको वित्तीय अवस्था पारेमा अनुगमन अधिकृत घनश्याम रायले सहारा नेपालको वर्तमान वित्तीय अवस्था बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्षेत्रीय समितिका सदस्य निर्मला भण्डारीले महिलाहरुले उद्यमशिलता कसरी हुन सकिन्छ भन्ने कुरामा जोड दिएका थिए ।
सोही अवसरमा लघुवित्त अन्तर्गत उद्यमशील महिला सम्मान कार्यक्रम अन्तरर्गत उत्कृष्ट बचतकर्ता तथा उद्यमी लीलादेवी पौड्याल र उत्कृष्ट ऋणी उद्यमी अन्जु राईलाई कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय समिति संयोजक धर्मेन्द्र भट्टराईले सम्मानपत्र प्रदान गरेका थिए ।
सहारा नेपालले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा तथा सदस्य सुनौ सदस्य बुझौं अभियान सञ्चालन गरेको छ। शनिबार आयोजित सदस्य शिक्षा कार्यक्रमअन्तर्गत बिर्तमोड सेवा केन्द्रका शाखा अधिकृत लक्ष्मी रिजालले संस्थाले अवलम्बन गरेका वित्तीय तथा प्रशासनिक सेवाहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहयोग समितिका सदस्य युवराज चौहानले गरेका थिए ।
सोही अवसरमा संस्थाका सञ्चालक कर्मचारी तथा शेयर सदस्यहरुको होली पर्वको अवसरमा होली मिलन कार्यक्रम समेत आयोजना गरिएको थियो।