व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिएका छन् । आईतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा व्यवसायी प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरुले साथ दिने भन्दा पनि ऋणिमाथि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाए ।
उनले १७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दाबी समेत गरे । सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलन शुरु गरेको उनको भनाइ छ ।
प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबारबाट आन्दोलनको कार्यक्रम सुरु गरेका थिए ।
त्यसक्रममा उनका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रर्दशन समेत गरिरहेका छन् ।