बिर्तामोड : बिर्तामोड स्थित भद्रपुररोडमा मुख्य कार्यालय रहेको बिर्तामोड एजुकेशन फाउण्डेशनले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार १ सय २५ रुपैयाँ प्रदान गरेको छ ।
संस्थाको छैठौं बार्षिक उत्सवको अवसरमा पत्रकार उपचार कोषलाई आज मङ्लबार फाउण्डेशनका संस्थापक अध्यक्ष राज कार्कीले नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष केशव भट्टराई र महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत उपचार कोषलाई सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष कार्कीले बताए ।
महासंघ झापाका उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको बताए । साथै उनले संस्थाले महासंघ उपचार कोषमा सहयोग गरेको भन्दै आभार प्रकट गरे । उपचार कोषमा संघ संस्था सहित बिभिन्न ब्यक्तिहरुले बिभिन्न अवसर पारेर सहयोग गर्दै आएको पनि उनले जानकारी दिए ।
अक्षय कोषका रुपमा रहेको यो रकमको व्याजबाट पत्रकारहरु घाइते वा विरामी भएमा उपचार खर्च दिइदै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष भट्टराईले कोषको रकम बृद्धिका निमित्त सम्वद्ध सञ्चारकर्मी र लब्धप्रतिष्ठित व्यक्तिहरु सहित अन्यमा विशेष आग्रह समेत गरेका थिए ।
त्यस्तै कार्यक्रममा पत्रकारिताको माध्यमबाट शैक्षिक तथा नेपाली समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने, पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकाल र आंगन एफएमका हरिकृष्ण भण्डारीलाई पनि नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
संस्थाको संस्थापक अध्यक्ष राज कार्कीको अध्यक्षता तथा बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्मा, ,पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका
संस्थापक अध्यक्ष , बोष्टन एजुकेशन फाउण्डेशनका संस्थापक तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष शुमनशर्मा जम्मरकट्टेल , इक्यान झापाको अतिरिक्त बिभाग प्रमुख अनिल सापकोटा लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, इक्यान झापा अध्यक्ष मिलन ओली , बिरता जेसीजका अध्यक्ष घनश्याम चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन फाउण्डेशनका शिक्षक केशव उप्रेती तथा सञ्चारकर्मी हरिकृष्ण भण्डारीले गरेका थिए ।
२०७३ साल फागुन २३ गते स्थापना भएको फाउण्डेशनले छोटो समयमा नै इलामको फिक्कल, दमक तथा चाराआलीमा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ । हाल ३ सय बढी विद्यार्थी अध्ययनरत छन् । हाल फाउण्डेशनमा २० जना बढी कर्मचारी कार्यरत छन् ।
बिशेष गरी फाण्डेशनले जापान , युके, डेनमार्क , क्यानडा लगायतका देशमा विद्यार्थी पठाउंदै आएको छ । संस्थाले विद्यार्थीलाई तयारी कक्षा, भाषा, परामर्श तथा बिभिन्न बिभागमा कम्प्युटर शिक्षा सहित तालिम उपलब्ध गराउंदै आएको जनाइएको छ ।
साथै फाउण्डेशनले बार्षिकउत्सवको अवसरमा २० जना विपन्न जेहेन्दार विद्यार्थीलाई विरता जेसीजको सहकार्यमा निशुल्क कम्प्युटर तालिम प्रदान गर्ने पनि जनाएको छ ।