बिर्ताामोड : झापाको बिर्तामोड–३ निवासी डा. लक्ष्मीप्रसाद मैनाली र मेची क्याम्पसकी उप–प्राध्यापक सुमा सेढाई(मैनाली)ले आफ्नो बैवाहिक वर्ष गाँठको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
१७ औं बैवाहिक वर्ष गाँठको अवसर तथा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्र्दभ पारेर मैनाली दम्पत्तिले आज बुधबार उपचार कोषकालागि महासंघ झापाकी उपाध्यक्ष शुशीला संग्रौला र कोषाध्यक्ष रञ्जित प्रसाईलाई सो रकम बराबरको चेक हस्तानतरण गरेका हुन् ।

_1751853734.jpg)
२८ वर्षदेखि झापाको बिर्तामाड स्थित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत बरिष्ठ हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा. मैनालीले सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोग गरेका बताए ।
डाक्टर दम्पत्तिले समाज रुपमान्तरमा पत्रकारको अहम भूमिका रहेको भन्दै उपचारमा आर्थिक अभाव नहोस् भन्ने उद्धेश्यले थोरै ए पनि आर्थिक सहयोग गरेको बताए । साथै उनले आर्थिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् ।

_1736908732.jpg)
त्यस्तै डाक्टर मैनालीले झापा शाखाका कुनै पनि पत्रकार अस्वस्थ्य भएर उपचारका लागि आफुसमक्ष आएमा उनीहरुको आफुले लिने फि शुल्कमा छुट दिने प्रतिबद्धता समेत जनाएका छन् । स्वास्थ्य क्षेत्रमा छुट्टै पहिचान बनाएका मैनालीले पत्रकार महासंघको वर्तमान नेतृत्वले गरेको कामको प्रशंसा समेत गरे ।
कायर्यक्रममा पत्रकाार महासंघ झापा शाखाकी उपाध्यक्ष सुशिला संग्रौलाले डा.मैनाली र उपप्रधापक सेढाईलाई बैवाहिक वर्ष गाँठको शुभकामना दिदैं पत्रकार उपचार कोषमा आर्थिक सहयोग गरेको भन्दै धन्यवाद दिइन् ।

पत्रकार महासंघ झाापा शाखाका सह–सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा कोषध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्यहरु रञ्जित परियार, विनोद पाण्डे, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, एभिन्यूज टेलिभिजनका झापा संवाददाता सन्तोष न्यौपाने, शब्दपत्र डट.कमका सम्पादक उद्धप पुरी लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७० लाख जम्मा भएको जनाइएको छ ।