झापाको कनकाई नगरपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न विधामा चार जना महिलालाई सम्मान गरेको छ ।  नगरपालिकाले बुधबार कनकाई–२ की १०४ वर्षीय ज्येष्ठ माता रेणुकादेवी पोखरेल, शिक्षासेवी पूर्वप्रधानाध्यापक कनकाई–७ की अञ्जना सिटौला, फुटबल खेलाडी सिमरन राई र सौन्दर्य (मोडल) कर्मी अंशिका शर्मालाई  नगदसहित सम्मान गरेको हो । 

उनीहरुलाई कार्यक्रको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर र कन्काइइ नगरका नगर प्रमुख राजेन्द्र पोखरेलले  सम्मान–पत्र हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा स्वागत मन्त्व्य राख्दै नगरप्रमुख राजेन्द्र पोखरेलले नगरपालिकाले महिलाहरुको हकहित र वृत्ति विकास लागि काम गर्दै आएको बताए । त्यस्तै, उपप्रमुख आशा शर्मा शिवाकोटीले पनि नगरपालिकामा महिला हिंसाका घटना कमै रहेको बताइन् ।  

कार्यक्रममा विशिष्ठ अतिथि संविधानसभा सदस्य अम्बिका राजवंशी, जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा सुवेदी लगायतका वक्ताले महिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै महिलाहरुलाई आत्मनिर्भर बनाउने खालका योजनाहरु तीनै तहका सरकारले ल्याउनुपर्ने जोड दिएका थिए । कार्यक्रममा बिभिन्न संस्कृति झल्कने नृत्य पनि प्रस्तुत गरिएको थियो ।