११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित झापा जिल्लास्तरीय महिला फुटबलको उपाधि आयोजक कनकाई नगरपालिकाको महिला फुटबल टिमले हात पारेको छ ।
बुधबार भएको फाइनल खेलमा आयोजक कनकाई महिला फुटबल टिमले प्रथम स्थान हासिल गर्दै नगद ७५ हजार रुपैयाँ प्राप्त गरेको हो ।  उपबिजयी हुने जुनतारा फुटबल क्लव अर्जुनधाराले नगद ५० हजारमा प्राप्त गरेको छ ।  आयोजकले अर्जुनधारालाई ३—० गोल अन्तरले पराजित गरेको थियो । 
        
    
बिजयी तथा उपबिजयी हुने सबै टिमलाई कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाको उपसभामुख इन्दिरा थापा मगर र कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, राखेप झापा अध्यक्ष प्रसान्त भण्डारी लगायातले नगद तथा शिल्ड प्रदान गरेका थिए । 
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा आयोजित फुटबल खेलमा झापाका ८ टिमको सहभागिता रहेको छवि थपलियाले जानकारी दिए ।
        
                        
            
        
    
अध्यक्ष थपलियाले ग्रामीण क्षेत्रमा रहेका महिला खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
        
                    
        
        
                            
                                                            
        


        
        




































