बिर्तामोड : झापाको बिर्तामोडमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा डिजिटल भुक्तानी अवसर र चुनौती बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

डिजिटल भुक्तानीको बढ्दो प्रयोग , त्यसका फाइदा र उत्पन्न हुने सुरक्षाका बिषयमा आज शनिबार बिर्तामोडमा अन्तरक्रिया गरिएको हो ।  

सहभागिलाई एफवान सफ्टका व्यापार विकास अधिकृतहरु सृष्टि रेग्मी र रश्मिता पाठकले डिजिटल भुक्तानीको अवसर र चुनौतीका बिषयमा सहजीकरण गरेका थिए ।

कोशी प्रदेशका बिभिन्न जिल्लामा रहेका बैंकको ४० वटा शाखाका कर्मचारीहरु   तथा पालिकाका सुचना प्रविधि अफिसर तथा सहभागि भएको कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका सुचना प्रविधि प्रमुख समिर न्यौपानेले सुरक्षित तबरले डिजिटल भुक्तानीको उच्चतम प्रयोग गरी त्यसबाट हुने सुविधाहरु कसरी ग्राहकको पहुंचमा सम्म पु¥याउन सकिन्छ भन्ने बिषयमा जानकारी गराएका थिए ।  

साथै उनले बैंक क्षेत्रमा पछिल्लो समय देखिएको बढ्दो चुनौतीको बिषयमा अबगत गराउंदै सर्वसाधारणले अवलम्बन गर्नु पर्ने सुरक्षा उपायका बिषयमा सहभागिलाई जानकारी गराउंदै उनीहरुको जिज्ञासाको जवाफ दिएका थिए । 

एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल, को अध्यक्षतामा भएको कार्यक्रममा बैंकका अनुपालना अधिकृत महेशमान प्रधान, कम्प्युटर एशोसिएसन अफ नेपाल , झापाको अध्यक्ष कृष्ण घिमिरे, कन्काई नगरपालिकाका सुचना प्रविधि अफिसर खग्रेन्द्र मिश्र लगायतले शुभकामना मनतब्य राखेका थिए ।  कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत गरेका थिए । 

झापा बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको बैंकको कोशि प्रदेशको झापा , मोरङ, सुनसरी, इलाम र पांचथर जिल्लामा सेवा प्रवाह गरिरहेको जनाइएको छ । 

नेपालको विकास बैंकहरु मध्ये एक्सेल बैंक हाल कोशी प्रदेशको प्रादेशिक बैंकमा परेको छ ।  एक्सेलले बिभिन्न समयमा कोशी प्रदेशका बिभिन्न  जिल्लाका ग्रामीण भेग तथा स्थानीयतहमा बृतिय साक्षारता तथा डिजिटल भुक्तानी सहितको सचेतना कार्यक्रम गर्दै आएको बंैकका प्रमुख कार्यकारी अधिकृत डा.इन्द्रकुमार कट्टेलले जानकारी दिए ।