प्रदेश १ को नाम पुन नामाङ्कन गरिनु पर्ने माग गर्दै बिर्तामोडमा रांके जुलुस निकालिएको छ ।  कोशी प्रदेश खारेजीको माग गर्दै रांके जुलुस प्रर्दशन गरेका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संघठनले आज शनिबार साँझ आन्दोलन स्वरुप रांके जुलुश निकालेका हुन् । 

मुलुक संघीयतामा गएसंगै बनेको प्रदेशिक संरचना मध्ये प्रदेश १ को नामाकरण लामो समयसम्म हुन सेको थिएन । तर, गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका हुन् । 

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय

समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङ्कन अभियानबीच पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाइएको केपी पालुङ्वाले बताए ।  पालुङ्वाको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर ६ वटा राजनीतिक दल संघर्षमा उत्रिएका हुन् ।