पूर्वमा आन्दोलनरत ६ वटा पहिचानवादी पार्टीले भोली फागुन २८ गते आईतबार कोसी प्रदेशमा आमहड्तालको घोषणा गरेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा

र किराँत लिम्बुवान प्रदेश नामाङकन अभियान पार्टीले प्रदेशको नामका विषयमा असहमति जनाउँदै भोली २८ गते कोसी प्रदेशमा एकदिने आमहड्ताल घोषणा गरेका हुन् ।

सड्घीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले कोशी प्रदेश खारेजीको माग गर्दै बन्दको घोषणा गरिएको जानकारी दिए ।

६ वटा पार्टीले कोसी प्रदेशको नाम खारेज गरेर पुःन नामाङ्कन गरिनु पर्ने माग अघि सारेका छन् ।