चौथो लायन्स क्लब कोशी प्रदेश स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन खेलमा मिन प्रकाश मैनाली र लोक बहादुर सुवेदी विर्तामोडको जोडिले ओम कृष्ण विमली र दिलेन्द्र कार्कीको जोडिलाई ३१–२९ को सेटमा सुवेदी र मैनाली विजयी भएका छन् । मैनाली सुपर भेट्रान्स हुन । यसै गरि हिजै १३ वटा खेल सम्पन्न भएको छ ।

मेन्स डबल तर्पm ७ वटा खेल भएको छ । विसन राई र दिपक घिमिरेको जोडिले काकरभिट्टाले सूर्य राई र उदिप राई इलामको जोडिलाई २१–१७ र २१–१६ सेटको सोजो सेटमा हराएको छ । यसै गरि किरण क्षेत्री र सन्तोष कार्की काकरभिट्टा र यसु लिम्बु र मिंहाङ्ग राई दमकले वाकओभर पाएको छ । यसै गरि विशाल खड्का र दुर्गा खड्का विर्तामोडको जोडिले डि.के. लम्साल र जुनुन राई दमकको जोडिलाई २४–२२ र २१–१३ को सोजो सेटमा हराएको छ ।

यसै गरि विकास अग्रवाल र आदित्य कार्की विर्तामोडको जोडिले भोगेस भण्डारी र आयुस खरेल विर्तामोडलाई २१–१७ र २१–११ को सोजो सेटमा हाएका छन् ।

उत्सब उप्रेती र मोहन पोख्रेल विर्तामोडको जोडिले दिनेश पन्त र सन्तोस राई बेलबारी मोरङको जोडिलाई २१–७, २३–२१ र २१–१८ को सेटमा हराएको छ । मेन्स डबलकै सम्प्रास लिम्बु र निराज सिलवाल विर्तामोडले विपिन थापा र विजेन्द्र कुंवरको जोडिलाई २१–१५, २१–१९ र २१–१४ र सरोज राई र प्रज्वल ओझा चन्द्रगढिको जोडिले विर्तामोडका डेनी श्रेष्ठ र सन्दीप घिमिरे विर्तामोडको जोडिलाई २१–११ र २१–१० को सोजो सेटमा हराईको छ । भोली क्वाटर र सेफिफाईनल खेलहरु हुनेछन् ।


यसै गरि आजै नै भएको ४५ प्लस भेट्रान्समा शैलेन्द्र कुरुम्बाङ्ग र नन्दलाल लिम्बु विर्तामोडको जोडिले विर्तामोडकै इन्द्रजीत मुखिया र ओम खड्काको जोडिलाई २५–२३ र २१–१८ को सेटमा हराएको छ । कुल बहादुर थारु र देवेन्द्र थाम्सुहाङ्ग चन्द्रगढिले हरि कुमार राई र पर्सुराम सञ्जेल सुरुङ्गाको जोडिलाई २१–१० र २१–१३ को सोजो सेटमा हराएको छ ।

यसै गरि धन कुमार राई र याम लिम्बु दमकको जोडिले मक्वान हाङ्गाम र बेनुप राई विर्तामोडको जोडिलाई वाकओभर पाएको छ । यसै गरि महेन्द्र घिमिरे र गोपाल थपलिया विर्तामोडले समिर बस्नेत र राजु बस्नेत विर्तामोडलाई २१–१४ र २१–१२ को सेटमा हराएको छ । यसै गरि लोक बहादुर सेवेदी र ओमकृष्ण विमली विर्तामोडले पञ्च लिम्बु र दिलेन्द्र कार्की लाई २१–१२, ११–२१ र २१–१४ को सेटमा हराएको छ ।

यसै गरि जनक खडका र मदन खड्का विर्तामोडले राजन मगर र रविन्द्र भट्टराई विर्तामोडलाई २१–१६, र २१–१३ को सोजो सेटमा हराई क्वाटर फाईनलमा प्रवेश गरेको छ । मंगलबार भने क्वाटर फाईनल खेलहरु हुने आयोजक समितिका खेल संयोजक लरेन्स विष्टले जानकारी दिनु भयो ।