नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन । आज पत्रकारसँग कुरा गर्दै श्रेष्ठले महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन ।
मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिन लागेको उनको भनाइ छ । देशमा विद्यमान आर्थिक संकट र ब्याजदर साथै तरलताको समस्या समाधानकालागि पनि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उपाध्यक्ष श्रेष्ठले समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको बताए । नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गर्नु महासंघको चुनौती भएको उनको भनाइ छ ।