चारआली : बन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले डढेलो विरुद्ध साप्ताहिक सचेतना अभियान २०७९ शुरु गरेको छ ।
मेची सव डिभिजन वन कार्यालय मेचिनगर र डिभिजन वन कार्यालय झापाले संयुक्त रुपमा आज बुधबार डढेलो विरुद्ध सचेतना अभियानको चारआलीबाट थालनी गरेका हुन् ।
रुख रोपौ ,वन जोगाउ, वन डढेले रोकौ, जानीजानि वा ब्यक्तिगत रिसइबीका कारण वनमा आगो नलगांऔं भन्ने बिभिन्न नारा सहितका प्ले काड बोकर बिभिन्न संघ संस्थाका प्रतिनिधि, वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी उपभोक्ता,लगायत सहभागि ¥यालीले चाराआली स्थित पाउ पाथिभरा मन्दिर हुंदै चारआली चोक बजार परिक्रमा गरेको थियो ।
बन डढेलोका कारण बर्षेनी जिल्लाको वन क्षेत्र नोक्सान हुदै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न जिल्लाब्यापी साप्ताहिक सचेतना अभियान थालिएको डिभिजन वन कार्यालय झापाका प्रमुख जिवन पाठकले बताए ।
वन डढेलो लाग्न नदिनकालागि सुरु गरिएको सचेतनामूलक कार्यक्रममा मेचि सव डिभिजन वन कार्यालय अन्तरर्गत पर्ने १८ वटा सामुदायिक वन समुहका पदाधिकारी, उपभोक्ता, संघ संस्थाका प्रतिनिधि सहभागि रहेको मेचि सव डिभिजन वन कार्यालयका फोरेष्टर डिल्लीराम खरेलले जानकारी दिए ।
अन्जान र सचेतना नभएका कारण मानीसले नै बन जंगलमा आगलागी गराउने भएकाले सेचतनामुलक कार्यक्रम गरी बनमा डढेलो नियन्त्रण गर्ने अभियान चलाइएको उनले बताए । जसकालागि वन डढेलो रोकथाम अभियानमा सन्देशमूलक पर्चा वन समूहमा सहित बिभिन्न संघ संस्थामा उपलब्ध गराइएको जनाइएको छ ।
वन डढेलो नियन्त्रणकालागि जनचेतना फैलाउने उदेश्य सहित आयोजना गरिएको साप्ताहिक कार्यक्रमले डढेलो नियन्त्रणमा सघाउ पु¥याउने डिभिजन वन कार्यालय झापाको वन अधिकृत अन्जना पुरीले बताइन ।
उनले साता ब्यापी कार्यक्रम अन्तरर्गत चैत्र २ गते कन्काइ सव डिभिजनको संयोजनमा डढेलो लगाउने अभ्यास नियन्त्रित, चैत्र ३ गते जलथल सव डिभिजनको संयोजनमा चौकिविरान सामुदायिक वनमा वन क्षेत्रमा हुने ज्वलनशिल पत्करबाट कम्पोष्ट मल बनाउने अभ्यास गराइने पनि जानकारी दिइन ।
त्यस्तै चैत्र ५ गते डिभिजन वन कार्यालय झापा चन्द्रगढीमा सुरक्षा निकायबिच वन डढेलो नियन्त्रण तथा व्यबस्थापन सम्बन्धि अन्तरक्रिया तथा चैत्र ६ गते जलथल सव डिभिजनको संयोजनमा चौकिबिरान सामुदायिक वनको सभाहलमा डढेलो नियन्त्रण तथा व्यवस्थापन तालिमको आयोजना गरिएको जानकारी दिइन । चैत्र १ गते बाट सुरु भएको साप्ताहिक कार्यक्रम चैत्र ७ गते समापन हुनेछ ।
ऋभियान शुभारम्भ कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख जीवन पाठक, चारआली जेसीजका संगित शिवाकोटी, लायन्स क्लबका मोहन अधिकारी लगायतले शुभकामना मनतब्य राखेका थिए ।