झापा : झापाको बिर्तामोडस्थित अतिथि सदनमा दार्शनिक प्रवचन एवम् रसमय संकीर्तन शुरु भएको छ । वुधवारबाट शुरु भएको दार्शनिक प्रवचन एवम् रसमय संकीर्तन चैत १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । राधा गोविन्द सत्संग समितिको आयोजनामा शुरु भएको दार्शनिक प्रवचन एवम् रसमय संकीर्तन जगतगुरु श्री कृपालुजी महाराजकी प्रचारिका परमपुजनीय एवम् विन्दावन वासिनी सुश्री श्रीश्वरी देवीजीले प्रवचन दिइरहेकी छिन् ।
उनले वेद, गीता, रामायण, भागवत, लगायत धर्मग्रन्थहरुको सुगम साधना पथको मार्गदर्शन गरेर भगवानको पे्रम प्राप्त गर्न सहभागीलाई प्रेरित गरेकी छिन् । उनले मानव देहको महत्व के हो , जीवको परम चरम लक्ष्य के हो, र त्यो कसरी प्राप्त हुन्छ , इश्वरको
स्वरुप के हो , संसारको वास्तविक स्वरप कस्तो छ लगायतका विभिन्न १८ बुँदामा केन्द्रीत रहेर प्रवचन दिने बताइएको छ । घोर कली कालमा समस्त संसारिक कार्यहरु गर्दा गर्दै पनि सरलतापूर्वक इश्वरलाई प्राप्त गर्न सक्ने उनको भनाई छ ।