नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को काठमाडौंको नक्सालस्थित केन्द्रीलय कार्यालयमा संयुक्त पर्यटन ट्रेड युनियन फोरमले ताला लगाएको छ ।
पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुको ज्याला बृद्धि, दुर्घटना बिमा, सामाजिक सुरुक्षा कोषमा सहभागी गराउनुपर्ने लगायतका माग राख्दै फोरमले कार्यालयमा ताला लगाएको हो । आफूहरुले पटक–पटक माग राख्दा पनि सुनुवाई नभएपछि ताला लगाउन बाध्य भएको फोरमको भनाइ छ ।
फोरमले फागुन २६ गतेदेखि लगाएको ताला मंगलबार नाट्टाले खोलेको थियो । माग पूरा नगरी ताला खोलेको भन्दै
फोरमले बुधबार पुनः ताला लगाएको हो ।