प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दल र सांसदहरुसँग सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत जनाए । 

उनले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको पनि उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पु¥याउन व्यवसायीहरुलाई आग्रह समेत गरे ।

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता पनि औल्याए । मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने उनको भनाइ छ ।