अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ । सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ रहेका थुप्रै विद्रोहीहरू मारिएको अफगान सरकारले जनाएको छ ।

अफगानिस्तानको बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–इ–शरीफ शहरको प्रहरी जिल्ला ५, ६ र ८ मा छापा मारिएको अधिकारीले जनाएका छन् । अधिकारीहरुले कारबाहीमा मारिएका आईएस लडाकुहरूको सङ्ख्या भने खुलाएका छैनन् ।

कारबाहीका क्रममा एक सुरक्षाकर्मी समेत घाइते भएको जनाइएको छ । कारबाहीका क्रममा सुरक्षाकर्मीले हातहतियार र गोली समेत बरामद गरेको बताइएको छ ।