ठुलो डटकमद्धारा आयोजित एक दिने डिजिटल साक्षरता कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।  साना, मझौला तथा ठुला उद्योग व्यवसायलाई सूचना प्रविधिसँग आबद्ध गराई डिजिटल प्रविधिको माध्यमद्वारा ती व्यवसायहरूको व्यवसायीकरण, बजारीकरण र सबलीकरणमा टेवा पुर्याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको ठुलो डटकमका प्रमुख कार्यकारी अधिकृत राजराम नेपालले बताए ।

कार्यक्रमको औचित्माथि प्रकाश पार्दै उनले कृषि उपज बस्तुको बजारीकरण, ब्रान्डीङमा  डिजिटल प्रविधि अपनाउनु पर्ने बताए । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले समय क्रमसंगै प्रविधिलाई पछ्याएर ब्यापार व्यवसायको व्यवसायीकरण संगै  बजारीकरण गर्न आवश्यक भएको धारणा राखेका थिए । 

बिराटनगरमा रहेको ठुलो डटकमले खास गरी अलैंची, मकै, डेरी र तरकारीको क्षेत्रमा डिजिटल प्रविधि संग जोड्ने हिसाबले कोशी प्रदेशमा काम गर्दै आएको बताइएको छ । 

नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र ताप्लेजुङको सहयोगमा भएको कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायण चिमरीया, बरिष्ठ उपाध्यक्ष इन्द्र बिन्दल, कोषाध्यक्ष सुजित वंशल, कार्यकारी अधिकृत अनिल ढुङ्गाना लगायत अन्य क्षेत्रका ब्यसायीहरुको पनि उपस्थिती रहेको थियो ।