नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका राजकुमार कार्की (राजु) लाई झापाका बस्तुगत संघले समर्थन गरेका छन् ।
कार्कीलाई वस्तुगततर्फको केन्द्रीय सदस्यका लागि नेपाल कुचो संघले अघि सारेको हो भने झापाका बस्तुगत संघले समर्थन गरेको हो ।
कार्कीलाई नेपाल अलैँची व्यवासायी महासंघ ,नेपाल भेनियर उत्पादक संघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ लगायतका वस्तुगत संघले साझा उम्मेदवारका रुपमा अघि सार्दै समर्थन गरेका हुन् ।
शनिबार आज बिर्तामोडमा नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर कार्कीलाई समर्थन रहेको जनाएको हो ।
अलैंची, चिया, भेनियर, अदुवा, सुपारी लगायतका बिभिन्न कृषि जन्य बस्तुको निर्यात लगायतमा बिभिन्न समयमा उत्पन्न हुने समस्या निराकरणकालागि पनि कार्कीलाई केन्द्रिय सदस्यमा खडा गरेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । उनले कार्कीलाई जिताउनकालागि सबै संग आग्रह समेत गरे ।
कार्की महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघका केन्द्रीय अध्यक्ष हुन् । महासंघको यही चैत २८, २९ र ३० गते ५७ औँ वार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ ।
कार्यक्रममा नेपाल सुपारी प्रशोधन तथा निर्यात संघका अध्यक्ष देवीप्रसाद खतिवडा, भेनियरका अध्यक्ष दिपक पाण्डे लगायतले कार्कीलाई मतदान गर्न आग्रह गर्दै सबैसंगको सहयोगको अपिल गरेका थिए ।
महासंघका महासचिव नारायण चिमरियाले सञ्चालन गरेको कार्यक्रममा महासंघका उपाध्यक्ष सुवास भट्टराईले धन्यवाद दिएका थिए । कार्यक्रममा महासंघको सचिव सुस्मा भण्डारी पौडेल, कोषाध्यक्ष सुजित वंशल, कार्यलय प्रमुख अनिल ढुङ्गाना सहित अन्य पदाधिकारीहरु उपस्थिति रहेको थियो ।