प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गरेका छन । गत पुस दश गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आज सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका छन् ।
पज
कांग्रेसका तर्फवाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका हुन् । माओवादी केन्द्रबाट यसअघि उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्मेबारी दिइएको छ भने उपमहासचिव शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेबारी पाएका छन ।
सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले नै निरन्तरता पाएका छन । माओवादीबाटै सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छिन । जसपा नेपालका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन । एकीकृत समाजवादीबाट वेदुराम भुसालले कृषि र प्रकाश ज्वालालाई भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन ।
नेसपाका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेबारी दिइएको छ । नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था मन्त्री बनेकी छिन । लोसपाका शरतसिंह भण्डारीले श्रममन्त्रीको जिम्मेवारी पाएका छन । कांग्रेसभित्रको कोइराला समूह, जनमत र आम जनता पार्टी भने मन्त्रिपरिषद् विस्तारमा समेटिएका छैनन् ।
अझै कानुन, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । तिमध्ये चार कांग्रेसको भागमा रहेका चार र एक जसपा को भागमा रहेका मन्त्रालय हुन ।
अर्को एक मन्त्रालय जनमतको भागमा रहेको छ । पुस ११ मा शपथ लिएसँगै प्रधानमन्त्री दाहालले यसअघि माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । एमाले, रास्वपा र राप्रपा सरकारवाट बाहिरिएपछि पुन विश्वासको मत दिएर दाहालले सरकार विस्तार गरेका हुन ।