भद्रपुर :  नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् । 

नेकपा एकीकृत समाजवादी पार्टी, स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि शुरु भएको दुई दिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले मुलुकको समग्री विकास लागि अवरोधका रुपमा रहेका समस्या समाधान गर्न नेता कार्यकता लाग्नुपर्नेमा जोड दिए । 

पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन आज पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडा प्रशिक्षण दिनुभएको भने भोलि बरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धनर्मराज पौडेल प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।