झापाको बिर्तामोड ३ स्थित पुरानो यातायात कार्यालय दक्षिणमा रहेको लिङ्कन मनटेश्वरी स्कुलले नयां व्यवस्थापनसंगै पारिवारिक बातावरणमा बालबालिकालाई शिक्षा दिन थालेको जनाएको छ । 

२०७३ सालदेखि सञ्चालनमा रहेको लिङ्कनले नयां व्यवस्थापनसंगै बालमैत्री वातावरणमा पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने शिक्षण विधिमा बालबालिकालाई फोकस गरिएको सञ्चालक सरोज पौडेलले जानकारी दिए । 

घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरीमा प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिने पनि उनले जानकारी दिए । 


मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पु¥याउने स्कुलकी प्रिन्सीपल रुपा शर्मा जम्मरकट्टेलले बताइन् ।  

बालबालिकाको रुचि र चाहना अनुसार पढाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट पढाइ हुने गरिने भएका कारण अहिले मन्टेश्वरी प्रति अभिभावकको आकर्षण बढ्दै गएको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले बताए । 

लिंङ्कनमा पिजी, नर्सरी, एलकेजी र युकेजीमा पढाई हुंदै आएको छ । न्यूनतम शुल्कमा अभिभावकलाई भार नपर्ने गरी शुल्क निधारण गरिएको स्कुलले जनाएको छ ।