प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना र्कान्वयन इकाई, झापाको आयोजनामा अर्जुनधारामा तीन दिने तालिम सुरु भएको छ ।
‘सुपारी खेती प्रबिधि तथा उत्पादन व्यवस्थापन’ बिषयक जिल्ला स्तरीय ३ दिने तालिम आज शुक्रबारबाट सुरु भएको तालिम संयोजक तथा परियोजना र्कान्वयन इकाई, झापाका प्राविधिक साहयक रबिन निरौलाले जानकारी दिए ।
२६ गते सम्म सञ्चालित तालिममा अर्जुनधारा १,,३,५,७, १० र बुद्धशान्ति गाउंपालिकाको १,२,३ का गरी जम्मा २६ जना कृषक सहभागि भएको उनले जानकारी दिए ।
तालिममा डा. शरन कुमार रिजालले प्रशिक्षण प्रदान गर्दै आएका छन् । सुपारी नर्सरी व्यवस्थापन, सुपारीवालीमा लाग्ने रोग, किरा तथा तीनको व्यवस्थापन, सुपारीको प्रशोधन तथा बजारीकरणका बिषयमा सहभागिलाई प्रशिक्षण प्रदान गरिने परियोजना र्कान्वयन इकाई, झापाका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत रबिन्द्र सुवेदीले जानकारी दिए ।
अर्जुनधारा ७ का वडाध्यक्ष गाविन्द खतिवडाको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन समारोहमा सुपारी जो सञ्चालन समन्वय समिति संयोजक दिपक गौतम लगायतले मनतब्य राखेका थिए ।










































