नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेश खरेलले पार्टी परित्याको घोषणा गरेका छन् । पार्टी भित्र स्वेच्छाचारिता बढेको भन्दै पार्टी परित्याको घोषणा गरेका हुन् । 

सोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनी सहित १० जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेकपा एमालेले नयाँ पुस्तालाई स्थान दिएको र पुराना कार्यकर्तालाई अपमान गर्न थालेको र पार्टी मनोमानी ढंगले सञ्चालन भएको भन्दै आफू पार्टी परित्याग गर्न बाध्य भएको खरेलको भनाई छ । 

नेता खरेल सहित नेकपा एमालेको विभिन्न जिम्वेवारीमा रहेका हिरा प्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीम प्रसाद लुईटेल, साजत आलम, आवलोदिन मियाले पार्टी परित्याको घोषणा गरेका हुन् ।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर उनीहरुले पार्टी परित्यागका हुन् । केही दिन अघि एमालेकी नेतृ चन्द्रा श्रेष्ठ, पदम थापाले पनि पार्टी परित्याग गरेका थिए ।