हालै अमेरिकामा भएको विश्व चिया सम्मेलन तथा मेला (वल्र्ड टि कन्फ्रेन्स– एक्सपो) मा नेपाली चिया प्रति सहभागिले चासो देखाएका छन् । 

खास गरी  नेपालको पहाडी जिल्लामा उत्पादित अग्र्यानिक अर्थोडक्स चियाप्रति सहभागिहरुले रुची र चासो देखाएका हुन् ।  

यहि गत  २७, २८ र २९ मार्चमा भएको  चिया सम्मेलनमा सहभागिले नेपाली चियाको स्वाद चाख्दै  नेपाली चिया मन पराएको विश्व चिया सम्मेलनमा सहभागी भएका इलामका  चिया उद्योगी समिर श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठ इलामको फिक्कल ६ स्थित तारा गाउं टि स्टेटका सञ्चालक हुन् ।  श्रेष्ठ सुर्योदय चिया उत्पादक संघको प्रतिनिधित्व गर्दै विश्व चिया सम्मेलनमा अग्र्यानिक अर्थोडक्स चियाको अन्तराष्ट्रिय बजारमा प्रबद्र्धनकालागि सहभागि भएका हुन् ।  

इलामको फिक्कल स्थित तारा गाउं टि स्टेटले तारा चियाबारीमा नामक अग्र्यानिक अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ । 

मेलामा विश्वभरका एक लाखभन्दा बढी मानिसको सहभागिता रहेको थियो ।  नेपाली चियाका स्टलमा नेपाली चियाको स्वाद लिने र रुचि राख्नेहरुको  भीड थियो । 

चिया मेलामा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय चिया तथा कफि विकास बोर्ड र विभिन्न चिया उद्योगका प्रतिनिधि सहभागी भएका थिए । 

गुणस्तर युक्त अग्र्यानिक अर्थोडक्स चिया उत्पादन गर्न सके विश्व बजारमा नेपाली चियाको बजार राम्रो हुने श्रेष्ठले बताए ।