चारपाने : नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्यानन्द शर्मालाई सम्मान गरेको हो ।

वडा पार्टीले सोमवार (आज) बिर्तामोड–२ स्थित चारपानेमा नव बर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।

नेपाली कांग्रेस बिर्तामोड वडा नं. २ का अध्यक्ष देबीप्रसाद खरेलको सभापतित्वमा भएको नव बर्ष २०८० को शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री तथा कार्यक्रममा प्रमुख अतिथि केशवकुमार बुढाथाकी, संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरेको थिए ।

स्वागत तथा कार्यक्रमकोको औचित्यमाथि प्रकाश पार्टीका क्षेत्रिय प्रतिनिधि देबीप्रसाद गिरीले पारेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, संविधानसभा सदस्य शिवाकोटी, सम्मानीत ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र, पार्टीका झापा उप–सभापति केशव पाण्डे, झापा सदस्य पार्वता गिरीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सवै बत्ताहरुले पार्टी भित्रको अन्तरद्धन्द्ध अन्त्य गर्दै पार्टी र पार्टीका भातृ संगठनलाई चलायमान बनाउनु पर्नेमा जोड दिए । उनीहरुले कांग्रेसका नेता तथा कार्यकर्ताहरु छिटो बिचलित हुने गरेको बताउँदै पार्टीको अन्तरद्धन्द्धबाट बिचलित नहुन सवै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

उनीहरुले पार्टीको बिर्तामोड–२ वडा समितिले गरेको अग्रज ब्यक्तित्व सम्मान कार्यक्रम एकदमै उदाहरणीय र राम्रो कार्य भएको बताउँदै वडा समितिलाई धन्यवाद समेत दिएका थिए । सम्मान कार्यक्रमलाई निरन्तरता दिन समेत उनीहरुले वडा समितिलाई आग्रह गरेका छन् ।

कार्यक्रममा क्षेत्रिय प्रतिनिधि धर्म लक्सम, वडा सचिव रुपनारायण ढकाल र तेजकुमार सुब्बाले सम्मानपत्र बाचन गरेका थिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङ, यज्ञप्रताप अधिकारी, प्रदेश सदस्य रञ्जिता कार्की, झापा सचिव कृष्ण हुमागाई, बिर्तामोड नगर सभापति भोजराज सिटौला, बिर्तामोड–४ पूर्व वडाध्यक्ष कुलप्रसाद संग्रौलालगायतका उपस्थिति रहेको थियो ।