झापाको सुरुंगामा फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव हुने भएको छ ।  होटल व्यवसायी संघ जिल्ला समिति झापाको आयोजना र होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईको सह 

आयोजनामा कनकाई नगरपालिका –३ स्थित सुरुंगामा यही बैशाख ११ गते देखि २३ गते सम्म फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव  आयोजना गर्न लागिएको शुक्रबार पत्रकार भेटघाटमा जानकारी दिइयो । 

खस्कँदै गएको होटल तथा पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित महोत्सव गर्न लागिएको होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन । 

खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताइन् ।

महोत्सव सम्पन्न गर्न ३० लाख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवको आन्तरिक तयारी तीव्र पारिएको र  मूल आयोजक समिति र बिभिन्न उपसमिति  निर्माण गरिएको  होटल व्यवसायी संघ झापाका सचिव ख्याम ओलीले बताए ।

होटल व्यवसायी संघले अघिल्लो आर्थिक बर्ष बिर्तामोडमा  फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव आयोजना गरेको थियो ।  कार्यक्रमको सञ्चालन संघका महासचिव शिव पौडेलले गरेका थिए ।